RayNewsDaily
नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
  • रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेल नियुक्त ।
  • तीनै पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन हुनुभएको हो ।
  • उपकुलपतिमा प्राडा भीम खतिवडा यसअघि नै नियुक्त भइसक्नुभएको छ ।

काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गर्नुभएको हो । आफूहरूले नियुक्तिपत्र लिएर दाङ फर्कन लागेको रजिस्ट्रार कट्टेलले राससलाई जानकारी दिनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा यसअघि नै नियुक्त भइसक्नुभएको छ ।

नवनियुक्त तीनैजना पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन हुनुभएको हो । सरकारले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

उक्त समितिले खुला प्रतिस्पर्धामार्फत तीन पदाधिकारीका लागि तीन-तीनजनाको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update