- भोटेकोशी बाढीबारे आज संसद्मा बोल्नुहुनेछ रवि लामिछाने ।
- खोजी, उद्धार, राहत र पुनर्स्थापनाबारे धारणा राख्नुहुने ।
- कानुनसम्बन्धी तीन प्रस्ताव पनि कार्यसूचीम ।
रे समाचार/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सम्बोधन गर्नुहुने भएको छ ।
सांसदका अनुसार लामिछानेले बाढी प्रभावितको अवस्था, खोजी तथा उद्धार र राहत वितरणलगायत विषयमा संसद्मा धारणा राख्नुहुने बताइएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
