जेन्जी आन्दोलनको एक वर्ष पूरा, आज सार्वजनिक बिदा
रे समाचार/काठमाण्डू । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३ ०८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
