प्रधानमन्त्री शाह र नेता पुनबीच भेट
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भेट गर्नुभएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
उहाँहरुबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गर्नुभएको थियो । उहाँहरुबीचको भेटमा पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज उद्धार र राहतलगायतका विषयमा कुराकानी भएको जनाइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
