RayNewsDaily
ढोल-झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति   

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल झ्याम्टाको आवाज गुञ्जिन थाल्छ भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ     
    
दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो कुनै समय नेवार समुदायको परम्परा, पहिचान मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखेनाच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको पुरानो पुस्ताले बिर्सिँदै गएको यही परम्परालाई जोगाउन यहाँका नयाँ पुस्ताका युवा अहिले सक्रिय भएका छन्     
    
पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाले लाखेनाचलाई अभियानकै रूपमा अघि बढाएका छन् उनीहरूले घण्टाकर्णदेखि भगवती जात्रा अर्थात् कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ लाखेनाच प्रदर्शन गर्दै आएका छन्     
    
समूहका अध्यक्ष किरण चित्रकारका अनुसार यस अभियानको उद्देश्य केवल नाच देखाउनु होइन, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति परम्परासँग जोड्नु हो बाबुबाजेको परम्परा बिर्सिन थाल्यौँ, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ”, चित्रकार भन्नुहुन्छ, “लाखेनाच विस्तारै लोप हुँदै जान थालेको ”    
    
नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायले त्यसको संरक्षण गर्न नसकेकामा चित्रकारको चिन्ता अरू समुदायमाझ नेवारी संस्कृति एकदमै लोकप्रिय , तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, उहाँ भन्नुहुन्छ     
    
चित्रकारका अनुसार पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा आसपासका जिल्लामा लाखेनाचको प्रचलन सुरु भएको त्यसले अहिलेसम्म निरन्तरता पाएको     
    
मणिमुकुन्द सेनले काष्ठकला संस्कृतिकलामा निपुण नेवार समुदायलाई पाल्पा ल्याएको उनीहरूमार्फत गुठी तथा जात्रा परम्परामार्फत लाखेनाच पाल्पा भित्र्याएको इतिहासका जानकार बताउँछन्     
    
लाखेनाचको आकर्षण यसको मुखौटा, वेशभूषा, बाजाको तालले दर्शकलाई छुट्टै रौनकता थप्ने गरेको लाखेनाचमा डरलाग्दो मुखौटाको आकर्षणले बालबालिकादेखि पाका पुस्तासम्म यसको अवलोकनका लागि झुम्मिने गरेको इतिहासका जानकार पुष्करराज रेग्मी बताउनुहुन्छ     
    
बाजाको तालमा लाखेको हाउभाउ, ढोल झ्याम्टाको ताल आकर्षक वेशभूषासहितको नाचले सबैलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो लोप हुन लागेको लाखेनाच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल वसन्तपुरलगायतका स्थानमा हरेक दिन साँझ ६ः०० बजेदेखि करिब तीन घण्टासम्म लाखेनाच प्रदर्शन गर्दै आएको     
    
यो नाच काठमाडौँ उपत्यकामा प्रचलित परम्पराका रूपमा चिनिए पनि पछिल्लो समय पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुँदै गएको तानसेनबाहेक नेवार बस्ती रहेका रामपुर, सराई, हार्थोक आर्यभञ्ज्याङमा लाखेनाच नाच्ने परम्परा रहेको     
    
मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक लाखे अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौँरी गाईको चमर, महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् संस्कृतिको संरक्षणमा पाल्पालीले सुरु गरेको अभियानलाई छिमेकी जिल्लाका सरोकारवालाले पनि सकारात्मक रूपमा लिएका छन्     
–––  

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update