RayNewsDaily
गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्डतिर्थाटनसँग जोडिएको मानिँदै आइएको     
    
गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा स्थानीयवासी एवं छिमेकका विभिन्न जिल्लाबाट आएका भक्तजन जात्रामा सामेल भएका छन्     
    
बनेपा नगरपालिका स्थित गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड हुने गर्दछ विभिन्न छिमेकी जिल्लाबाट यहाँ आउने भक्तजन पैदलयात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् उक्त स्थानमा हिन्दू बोनधर्म परम्पराअनुसार पूजा दर्शन गर्ने गरिन्छ हिन्दू धर्मसंस्कारअनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने ब्राह्मणबाट रक्षाबन्धन टीका लगाइन्छ     
    
यस्तै तामाङ समुदायका मानिस तथाझाँक्रीले ढ्याङ्ग्रो बजाउँदै विभिन्न तरिकाले पूजा दर्शन गर्ने गर्दछन् नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने हातमा रक्षाबन्धन (डोरो) बान्ने प्रचलन जात्रामा महिला पुरुषबीचमा तामाङ सेलो गाएर आफ्ना मनका भावना साटासाट गरेर रमाइलो गर्ने प्रचलन रहँदै आएको  रासस   
    
धार्मिक आस्थाका हिसाबले निकै महत्त्वपूर्ण मानिएको उक्त मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकका भक्तजन आउने गर्दछन् गत वर्षभन्दा यस वर्ष गोसाइँस्थान क्षेत्र थप व्यवस्थित बनाइएको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताउनुभयो उहाँका अनुसारलकडाउनयता बर्सेनि भक्तजनको उल्लेख्य वृद्धि भइरहेको जात्रा अवधिभर बनेपाको बुडोलदेखि नै सडक दायाँबायाँ व्यापारिक चहलपहल निकै बढ्ने गर्दछ     
    
रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बूढापाका बताउँछन् गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गरी स्नान गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास ”, स्थानीय भैरव केसीले भन्नुभयो     
    
बजार बनेपाबाट उत्तरपूर्वतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध मानिँदै आइएको व्यापारिक क्षेत्र बनेपा पर्यटकीयस्थल धुलिखेलको बीचमा रहेको गोसाइँस्थान आफैँमा मनमोहक यस्तै, त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडालाई थप लोकप्रिय बनाएको यस्तै, संस्कृत गुरुकूल विद्यालय सञ्चालनले थप चहलपहल बढाएको     
    
हरेक शुक्रबार शनिबार दृश्यावलोकनस्तम्भ तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउने गरेका छैनन् गोसाइँस्थान दृश्यावलोकनस्तम्भ क्षेत्र जाने सडक, सिँढी अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या वृद्धि हुँदै गएको ”, स्थानीय दीपक कार्कीले भन्नुभयो     
    
उक्त स्थानमा हाल नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टासमेत राखिएको भने रामायण भजन गर्ने भवन, पक्की शौचालय निर्माण गरिएको उद्यान निर्माणको तयारी भइरहेको समितिले जनाएको त्यहाँबाट हाइकिङ गर्दै अर्को चर्चित पर्यटकीयस्थल नगरकोट पुग्न सकिन्छ     

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update