RayNewsDaily
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाण्डू । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।    
    
भोटेकोशी बाढीका सम्बन्धमा उद्धार र राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेर अघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गर्नुभएको थियो ।    
    
प्रधानमन्त्री शाहको अध्यक्षतामा यसअघि आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । सो बैठकमा उहाँले नेपाली सेनाबाट उक्त बाढीका बारेमा आवश्यक ‘ब्रिफिङ’ लिनुभएको थियो ।    
    
त्यसलगत्तै उहाँले आगामी कदमबारे सरोकार भएकाहरूलाई उद्धार र राहतका काममा खट्न निर्देशन पनि दिनुभएको थियो । रासस   

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update