- मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त ।
- पक्षमा ५७ मत, विपक्षमा शून्य ।
- प्रतिपक्षी दलको बहिष्कारबीच मतदान ।
रे समाचार/हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिपक्षी दलहरूको बहिष्कारका बीच मंगलवार बसेको प्रदेश सभा बैठकमा उहाँले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको छ ।
प्रतिपक्षी सांसदहरू अनुपस्थित रहेकाले प्रस्तावको विपक्षमा भने एक मत पनि परेन ।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपा (एनसीपी) का २६, नेकपा (एमाले) का २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद कायम छन् ।
सभामुखले मतदान प्रक्रिया अघि बढाउँदा सत्ता पक्षका सांसदहरूले मात्र भाग लिएका थिए । शतप्रतिशत पक्षीय मतका साथ विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री थापा मगर नेतृत्वको बागमती प्रदेश सरकारले संवैधानिक वैधता र निरन्तरता पाएको छ ।
