मुक्तिनाथको दर्शन गर्न प्रधानमन्त्री शाह मुस्ताङतर्फ
गण्डकी। परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गर्नुभएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गर्नुभएको हो ।प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उहाँले बताउनुभयो ।
मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।रासस
प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३ १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
