RayNewsDaily
मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने
  • मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने 
  • प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस हुने 
  • थापामगर बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो 

रे समाचार/हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार सो दिन बस्ने प्रदेशसभाको बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव पेस गर्नुहुनेछ ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिव रामकुमार पौडेलले आज जारी गर्नुभएको सूचनामा उक्त जानकारी दिइएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार थापामगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update