RayNewsDaily
रास्वपाले विधान संशोधनका लागि बनायो १५ सदस्यीय कार्यदल
  • कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल ।
  • १५ सांसद कार्यदलमा ।
  • पहिलो बैठक आज २ बजे ।

रे समाचार/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ रहनुभएको छ ।

कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update