RayNewsDaily
जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा   

खोटाङ । किरात पहिरनमा सजिएकी कन्या हातमा थाली फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् जब कोही पाहुना उनको अगाडि पुग्छन् किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन्     
    
 जन्तेढुङ्गा गाउँपालिका दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेकोपुमा सामुदायिकहोमस्टेघरबासमा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको सामान्य वर्णन हो यो दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरु मिलेर विसं २०८१ माघ १५ गतेदेखिपुमा सामुदायिकहोमस्टेघरबाससञ्चालन गरेका छन्     
    
 गाउँपालिकाको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गरिएको होमस्टे छोटो समयमा नै पाहुनाका लागि आकर्षणको केन्द्र बनेको गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन्      
    
 होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको होमस्टेमा बस्ने पाहुनाका लागि खाजामा कोदो फापरको रोटी, उसिनेको मकै तथा भुटेको मकैभटमास दिने गरेका छन्     
    
 होमस्टे आउने पाहुनाका लागि खानामा कोदोको ढिँडो, मकैको भात जौको भात, सिस्नो, स्थानीय जातका कुखुरा, बङ्गुर राँगाको मासु उपलब्ध ढिँडो कुखुराको मासु खाएमा प्रतिव्यक्ति रु ३०० तथा बङ्गुर राँगाको मासु खाएमा प्रतिव्यक्ति रु २५० लिने गरिएको सञ्चालकले बताएका छन्     
    
 मकैको भात सिस्नो प्रतिव्यक्ति रु २०० तथा खाजामा प्रतिव्यक्ति रु १०० का दरले लिने गरिएको जनाइएको यसैगरी, स्थानीय पेयपदार्थ उपलब्ध गराइन्छ     
    
 होमस्टे सञ्चालक समितिका अध्यक्ष मञ्जुकुमारी राईले दुई रोपनी जग्गा पनि उपलब्ध गराउनुभएको सचिव दीपक राईले जानकारी दिनुभयो अध्यक्षले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना बनाएका छौँ गाउँपालिकाको सहयोगमा शौचालय बाथरुम निर्माण गरिसकिएको ,” उहाँले भन्नुभयो, “भवन निर्माणका लागि गाउँपालिकाले रु आठ लाख ९० हजार उपलब्ध गराएको पहिलो तलामा सङ्ग्रहालयसहितको पाहुना सत्कार कक्ष माथिल्लो तलामा बास बस्ने ठाउँ बनाउने योजना ”    
    
 होमस्टे सञ्चालनका लागि स्थानीयलाई गाउँपालिकाले तीन वर्षअघि आवश्यक तालिम पनि उपलब्ध गराएको थियो होमस्टेको मापदण्ड, पाहुनालाई आकर्षित गर्न गरिने व्यवहार, सरसफाइ तथा सुरक्षाका विषयमा सञ्चालकहरुलाई जानकारी गराइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो     
    
 होमस्टे सञ्चालकलाई गाउँपालिकाले उदयपुरको त्रियुगा नगरपालिका१३ बहेडुवामा थारू समुदायले सञ्चालन गरेको बहेडुवा सामुदायिक होमस्टे धनकुटाको साँगुरीगढी गाउँपालिकामा मगर समुदायले सञ्चालन गरेको नाम्जेथुम्की सामुदायिक होमस्टेको अवलोकन भ्रमण गराएको थियो निगालावासका पुमा राईले सञ्चालन गरेको होमस्टे पछिल्लो समय धेरैका लागि अध्ययन गर्ने थलो बनेको     
    
 स्थानीयलाई आम्दानीको स्रोतसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्न निगालावासमा पुमा सामुदायिक होमस्टे सञ्चालनमा सहयोग गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईदीक्षाले जानकारी दिनुभयो हाम्रो गाउँपालिकामा धेरै पर्यटकीयस्थल छन् यहाँ आउने पर्यटकलाई खाने तथा बस्ने व्यवस्था मिलाउनका लागि पनि निगालावासमा होमस्टे सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “गाउँपालिकाको सहयोगमा सञ्चालित पुमा सामुदायिक होमस्टेले छोटो समयमै राम्रो उपलब्धि गरेको यसलाई समय सान्दर्भिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्छ ”    
    
 उक्त होमस्टेमा विशेषगरी पर्यटकीयस्थल जन्तेढुङ्गा, होङ्मा पोखरी भञ्ज्याङखर्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि आउने गरेको सञ्चालकले बताएका छन् जन्तेढुङ्गा गाउँपालिका चिसापानी वडा नं दिप्लुङको सिमानामा अवस्थित पर्यटकीयस्थल जन्तेढुङ्गामा परापूर्वकालमा जन्ती लोप (अलप) भएको किंवदन्ती     
    
 पर्यटकीयस्थल पुमा सामुदायिक होमस्टेसम्मको सडकमार्ग सहज भएकाले पनि होमस्टेमा पाहुनाको आकर्षण बढेको सञ्चालकले बताएका छन् होमस्टेमा आउने अधिकांश पाहुना आफ्नै गाडी तथा मोटरसाइकल लिएर बास बस्नका लागि आउने गरेका छन्     
    
 पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डीथान, भानुमती आदि रमणीय स्थान छन् भिन्नभिन्न जातिले आफ्नै धर्म तथा संस्कृतअनुसार फरकफरक किसिमका चाडपर्व मनाउने भएता पनि साकेला, दसँै÷तिहार, तीज आदि चाडपर्वको विशेष महत्व     
    
 जिल्लाको दक्षिणी भेगमा अवस्थित यो गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिणमा पर्दछ पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ)को बीचमा अवस्थित  रासस   

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update