RayNewsDaily
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत
  • भट्टको पक्षमा ३१ मत ।
  • विपक्षमा १५ मत ।
  • कांग्रेस र राप्रपा विपक्षमा ।

रे समाचार/सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको हो ।

मत विभाजनका क्रममा प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा १५ मत परेको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता भट्टलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थन रहेको छ । प्रदेशसभामा नेकपाका २२ सदस्य रहे पनि सभामुख र एक सदस्य निलम्बित अवस्थामा हुनुहुन्छ । एमालेका ११ प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री भट्टको विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी १५ मत परेको हो । आजको बैठकमा कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती भने अनुपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update