RayNewsDaily
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष प्राडा पौडेलले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

डा पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी (ईएनटी) विभागको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरिसक्नुभएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update