RayNewsDaily
मुक्तिनाथको भेटीबाट बैंकमा थुप्रियो ११ करोड ७६ लाख
  • पाँच वटा बैंक खातामा रु ११ करोड ७६ लाख ।
  • कृषि विकास बैंकमा रु ७ करोड १६ लाख ।
  • सांग्रिला बैंकमा रु ३ करोड ९२ लाख ।

मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीबाट ठूलो रकम जम्मा भएको छ । गत असार मसान्तसम्म मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु ७ करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु ३ करोड ९२ लाख ९५ हजार, प्रभु बैंकमा रु ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु ११ लाख २३ हजार र माछापुच्छ्रे बैंकमा रु १७ हजार ५०० मौज्दात रहेको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update