RayNewsDaily
भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री शाहद्वारा शुभकामना
  • मोदीसहित भारत सरकार र जनतामा शुभकामना ।
  • नेपाल-भारत सम्बन्ध अझ सुदृढ हुने विश्वास ।
  • ऐतिहासिक सम्बन्ध र सहकार्यमा जोड ।

रे समाचार/काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देश दिँदै नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध, जनताबीचको निकटता र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update