RayNewsDaily
     ‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’   

नारायणगढ (चितवन चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसंग जोड्नुपर्नेमा जोड दिएका छन् अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनद्वारा आयोजित कार्यक्रममामेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ ?’ विषयमा युवाबीच वक्तृत्वकला, ‘कृषि उद्यमशीलता युवा समृद्ध नेपालको आधारविषयमा विचारविमर्श तथा सांसदसँग युवा संवाद कार्यक्रका सहभागीको सो उद्यमशीलता विनाको राजनीतिले समृद्धि नआउने सुझाव थियो     
    
वक्तृत्वकलामा सहभागिता १० युवाले अब भाषणमा सीमित राजनीति नभई परिणाममुखी, प्रविधिमैत्री उद्यमशील राजनीतिक संस्कार खोजेको धारणा व्यक्त गर्नुभयो राजनीति जनताको सेवा गर्ने माध्यम बन्नुपर्ने जनाउँदै उहाँहरुले राजनीतिमा युवा सहभागिता मात्रै नभई नीति निर्माण कार्यान्वयनमा समेत युवाको अर्थपूर्ण भूमिका सुनिश्चित गर्नुपर्ने बताउनुभयो प्रविधिमैत्री सेवा, चुस्त प्रशासन, पारदर्शिता जवाफदेहितालाई अहिलेको आवश्यकता भएको भन्दै राजनीति फोहोरी खेल नभई जनताको माया विश्वास प्राप्त गर्ने माध्यम बन्नुपर्ने उहाँहरुको भनाइ थियो जेनजीपुस्ताले चाहेको परिवर्तन पनि प्रविधि, उद्यमशीलता अवसरसँग जोडिएको उहाँहरुले बताउनुभयो     
    
राजनीतिमा सहभागिता मात्रै खोजेर नपुग्ने भन्दै नीति तथा नियम निर्माणमा समेत आफ्नो भूमिका स्थापित गर्नुपर्ने, राजनीतिमा पारदर्शिता, जवाफदेहिता, समावेशिता सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने, प्रविधिको पहुँच सबै नागरिकसम्म पु¥याउनुपर्ने, आगामी पुस्तालाई सहयोग पुग्ने नीति बनाउनुपर्ने तथा सरकारलाई पूर्णरुपमा डिजिटल पारदर्शी बनाउनुपर्ने, शिक्षा जीवनका समस्या समाधान गर्न सक्ने खालको हुनुपर्ने, अनुसन्धानमा लगानी बढाउनुपर्ने तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने युवाहरुको माग थियो     
    
रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दैरेमिट्यान्समा मात्रै निर्भर नभई स्वदेशमै उद्यमशीलता रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सहभागी युवाहरुले धारणा राख्नुएको थियो दश जना युवा सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा अमृत ढकाल प्रथम, निरिता पौडेल द्धितीय आयुस्मा श्रेष्ठ तृतीय हुनुभएको थियो     
    
पत्रकार विवेक पोखरेलले कृषिविज्ञ डा भानेश्वर पोखरेल, भवानी डेरीका सञ्चालक सुवास पौडेल तथा चितवनमा सयपत्रीलगायत फूलको बगैँचाबाट सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएकी सुजाता देवकोटासँग कृषि उद्यमशीलताका विषयमा विचारविमर्श गर्नुभएको थियो     
    
उहाँहरुले कृषिलाई सम्मानित व्यवसायका रुपमा विकास गर्न, आधुनिक प्रविधि, अनुसन्धान बजार व्यवस्थापनमा लगानी बढाउन तथा युवा शिक्षित जनशक्तिलाई कृषि उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो     
    
चितवन क्षेत्र नं का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले युवाले काम गर्दै जाँदा भएका त्रुटि सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो उहाँले गल्ती गर्न हुँदैन भन्नेभन्दा पनि गल्तीबाट सिकेर आफ्नो लगनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो काम गर्नेहरुलाई सिर्जनात्मक खबरदारी आवश्यक रहेको जनाउँदै उहाँले खबरदारी, कार्यसम्पादन भाषण फरक विषय भएको उल्लेख गर्नुभयो राजनीतिक नेतृत्वले भाषणभन्दा काम नतिजामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो     
    
सांसद प्रभा ढकालले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक भन्नुभयो सांसदहरु नीति तथा नियम निर्माणका काममा केन्द्रित हुने गरेको आवश्यकताअनुसार सम्बन्धित विषयमा भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो   रास्वपा चितवनका जिल्ला सभापति इन्जिनियर मिनिमाधव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य सविना विक, आकाक्षा पोखरेल पवित्रा थापा, जिल्ला सचिव तेजेन्द्रप्रसाद पौडेल, उपसभापति निर्मला गिरी, जिल्ला सहसचिव कुशल पाठक, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य, क्षेत्रीय सभापति, जिल्ला कार्यसमिति तथा पालिका वडा प्रतिनिधिलगायतको सहभागिता थियो     
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update