ग्यास अभाव र बढ्दो महँगीप्रति अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण
- ग्यास आपूर्ति सहज बनाउन आग्रह ।
- महँगीप्रति सरकारको ध्यानाकर्षण ।
- उपभोक्ता मारमा परेको भनाइ ।
समाचार/काठमाडौँ । खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजता र बढ्दो महँगीका कारण उपभोक्ता मारमा परेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले शून्य तथा विशेष समयमा सदस्यहरूले ग्यास आपूर्तिमा देखिएको असहजता तथा महँगीका कारण उत्पन्न समस्याबारे आवाज उठाएको बताउनुभयो । उहाँले सहज रूपमा ग्यास आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
