RayNewsDaily
प्रतिनिधिसभामा आज चारवटा विधेयक प्रस्तुत हुने   

काठमाण्डू । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको      
    
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची     
    
यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलेकर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३प्रस्तुत गर्नुहुनेछ     
    
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेमेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३प्रस्तुत गर्नुहुनेछ     
    
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलेबालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३प्रस्तुत गर्नुहुनेछ     
    
त्यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेसंवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ     
    
त्यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितकोनेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ     
    
यस्तै, आजै विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ     
    
बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम     
    
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ः०० बजे बस्दैछ सो समितिमाराष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना सञ्चालन) विधेयक, २०८१सम्बन्धमा छलफल हुनेछ     
    
बिहान ११ः३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमाराष्ट्रिय सदाचार नीति, २०८३को कार्यान्वयनका सम्बन्धमा छलफल हुने कार्यक्रम     
    
राससका अनुसार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुनेछ     

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update