RayNewsDaily
जनैपूर्णिमा नजिकिँदै : गोसाइँकुण्डमा तीर्थयात्रीका लागि तयारी तीव्र
  • २५ भन्दा बढी होटलले मेलाको तयारी तीव्र पारे ।
  • दुई सयभन्दा बढी थर्पु निर्माण हुँदै ।
  • हरेक थर्पुमा शौचालय बनाउन निकुञ्जको आग्रह ।

रसुवा । गोसाइँकुण्डमा आगामी भदौ १२ गते लाग्ने जनैपूर्णिमा मेलालाई लक्षित गरी तयारी तीव्र पारिएको छ । तीर्थयात्रीको सुविधाका लागि होटल व्यवसायीले आवास, प्रतीक्षालय र शौचालय निर्माणसँगै आवश्यक खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।

गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी गरिरहेका छन् ।

GosainKunda-ok-1724043572.png
तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । होटल व्यवसायीले दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्रीसमेत ढुवानी गरिरहेका छन् ।

यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update