RayNewsDaily
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङकी उक्यावलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई चार वर्षका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को निर्णयअनुसार याङकी उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update