RayNewsDaily
प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तलाई शपथ गराइयो
प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा आयोजित समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिरः रासस
  • मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तको शपथ ।
  • गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई निर्वाचन आयुक्तको शपथ ।
  • संसदीय सुनुवाइबाट अनुमोदनपछि राष्ट्रपतिद्वारा नियुक्ति ।

रे समाचार/काठमाडौं । वनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश डा. मनोज शर्माले उहाँलाई शपथ गराउनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेलगत्तै आयोजित समारोहमा कार्कीले शपथ लिनुभएको हो । त्यसपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

कार्कीको नाम संसदीय सुनुवाइ समितिले बुधबार सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइबाट अनुमोदनपछि राष्ट्रपतिले उहाँलाई प्रमुख निर्वाचन आयुक्त तथा वाग्ले र सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update