आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित, १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया
- तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित ।
- १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया, ५५८ जनालाई निःशुल्क चस्मा वितरण ।
- पूर्वी पहाडी जिल्लामा आँखाको उपचार सुविधा अभाव भएपछि शिविर सञ्चालन ।
पाँचथर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।
बिहीबार सम्पन्न तीनदिने शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको र अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराइएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पाँचथरसहित पूर्वी पहाडी जिल्लामा आँखाको उपचार गर्ने सुविधायुक्त अस्पताल नभएकाले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
नेत्र विशेषज्ञसहित १८ जनाको टोलीले शिविर सञ्चालन गरेको हो । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३ ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
