RayNewsDaily
राष्ट्रपतिसँग सभामुखको भेट   

काठमाण्डू ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गर्नुभएको छ ।    
    
राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ । रासस   

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update