RayNewsDaily
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’   

काठमाण्डू । विद्यार्थीहरूले आफैँ पैसा उठाएरकेकल्याएका थिए विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो सबै शिक्षक विद्यार्थीहरू भेला भए वान, टु थ्रि...’ भनेपछिकेककाटियो सबै विद्यार्थीले ताली ठोके विद्यार्थीहरूले बेलुन फुटाए सिठी फुके होहल्लासहित रमाइलो गरे     
    
त्यहाँ कुनै शिक्षक वा विद्यार्थीकोवर्थ डेथिएन कुनै शिक्षकको बढुवा भएको वा कुनै विद्यार्थीले पुरस्कार जितेको उत्सव नै थियो विद्यालयमा गुरू पूर्णिमा विशेष कार्यक्रम सञ्चालित थियो     
    
विद्यार्थीले प्रधानाध्यापक नारायणप्रसाद गौतमलाई खादा लगाइदिए अनि गौतमसहित सबै शिक्षकलाई केक खुवाउन थाले शिक्षकहरूलाई उनीहरुले सम्मान गरे सांस्कृतिक कार्यक्रम पनि भयो     
    
नियमित कक्षामाबोरमान्ने विद्यार्थीहरू पनि आजको गुरू पूर्णिमाको सांस्कृतिक कार्यक्रममा सक्रिय उत्साहपूर्वक सहभागी भए उनीहरु बिहान बजेदेखि दिउँसो बजेसम्म विद्यालयमै गुरूहरूका साथ रमाइलो वातारणमा थिए     
    
सो विद्यालयका बाल क्लबको अध्यक्ष रहेकी कक्षा की राममाया जैसीले रासससँग भन्नुभयो, “हामीले आफैँ व्यवस्थापन गरेर कार्यक्रम ¥यौँ नाचगान रमाइलो भयो गुरूहरुको सम्मान ¥यौँ केक पनि काटियो केक काट्नु नेपाली संस्कृति हो ? भन्ने प्रश्नमा विद्यार्थी जैसीले समयअनुसार केकलाई पनि समेटिएको प्रतिक्रिया दिनुभयो     
    
सय ५० विद्यार्थी २६ शिक्षक रहेको रानीदेवी माविका प्रधानाध्यापक गौतमले विद्यार्थीको संयोजनमा सांस्कृतिक कार्यक्रमसहित गुरू पूर्णिमा मनाइएकामा खुसी व्यक्त गर्नुभयो     
    
पछिल्लो समय विद्यार्थीहरूमा गुरुहरुप्रति सम्मान गर्ने भावना बढेको हो कि भन्ने देखिएको यो सकारात्मक पक्ष हो संस्कारयुक्त शिक्षाको नाराका साथ विगत तीन वर्षदेखि जोड दिँदै आएकामा त्यसको सकारात्मक प्रभाव परेको पहिला पहिलाका गुरू पूर्णिमामा भन्दा यस पटक विद्यार्थीको उपस्थिति राम्रो भयो खर्च पनि उनीहरुले आफै उठाएर गरे विद्यार्थी जागरुक भएका हुन् भन्ने अनुभूति भएको ”    
    
गुरु पूर्णिमाः गुरुप्रति सम्मानका साथै संस्कारको मौलिक पर्वका रुपमा लिइन्छ गुरु पूर्णिमालाई विद्यालयमा केवल औपचारिक समारोहका रूपमा होइन, गुरुशिष्य परम्पराको जीवन्त अभ्यासका रूपमा मनाउनुपर्नेमा पछिल्लो समय आधुनिक पश्चिमा संस्कृतिको प्रभावले तडकभडकपूर्ण कार्यक्रम पनि देखिने गरेको गुरुप्रतिको सम्मान भनेको औपचारिकता मात्रै पनि होइन, अन्तरमनको सम्मान हो     
    
वैदिक परम्पराअनुसार महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइने गुरु पूर्णिमाले ज्ञान, अनुशासन, संस्कार चरित्र निर्माणको महत्वलाई स्थापित गर्दछ गुरुबाट केवल विषयगत ज्ञान मात्र नभई जीवन जिउने कला, नैतिकता जिम्मेवारी सिक्ने दिनका रूपमा यसको विशेष महत्व रहेको मानिन्छ     
    
विद्यार्थीले आफ्ना शिक्षकप्रति सम्मान व्यक्त गर्दै विद्यालय परिसर सरसफाइ, पुस्तकालय व्यवस्थापन, वृक्षरोपण, अध्ययनअभियान, नैतिक शिक्षा तथा सेवाभावका गतिविधिमा सहभागी पनि गर्न सक्छन्     
    
नेपाल संस्कृत विश्वविद्यालयका वाल्मिकी विद्यापीठका उपप्राध्यापक खगेन्द्र नेपाल पुस्तान्तरणसँगै गुरु पूर्णिमाको ढाँचा परिवर्तन आएको स्वीकार गर्नुहुन्छ सहरिया क्षेत्रमा गुरु पूर्णिमालाईटिचर्स डेभन्न थालिएको आज गुरु पूर्णिमा मात्रै भएकाले यसलाई त्यहीरुपमा मनाइदिनुपर्छ भने हामीले आफ्नो ठाउँबाट वकालत गरिरहेको उपप्राध्यापक नेपालले बताउनुभयो विश्व शिक्षक दिवस अक्टोबर तारिखमा मनाइन्छ परम्परागत रुपमा गुरु पूर्णिमा मनाउँदा श्लोक कविताबाट आरम्भ गरेर वास्तविक रुपमा सम्मानभाव प्रकटसहित गुरु पूर्णिमा मनाउनुपर्ने उहाँको भनाइ     
    
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष काशी दङ्गालले विभिन्न सन्दर्भमा सिकाउने गुरुहरुलाई श्रद्धा व्यक्त गर्ने, स्मरण गर्ने, राम्रा कुरालाई पछ्याउने दिनका रुपमा विद्यार्थी शिक्षकले आजको दिनलाई मनाउनुपर्ने बताउनुभयो सुनसरीको जनता मावि व्यवस्थापन समितिका अध्यक्ष दङ्गालले हाल आफ्नो जिल्लामा बन्द भएकाले गुरु पूर्णिममा मनाउन नपाइएको बताउनुभयो      
    
मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णुकुमार घिमिरेले गुरु पूर्णिमाको दिनले गुरुशिष्य सम्बन्धको ऐतिहासिक पृष्ठभूमि महत्व सम्झाउने तथा परम्परागत रूपमा विद्यार्थीले गुरुबाट आशीर्वाद लिने, गुरुका अनुभव सुन्ने, आफूले सिकेका विषयप्रति आत्मसमीक्षा गर्ने तथा आगामी दिनमा अझ अनुशासित जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गर्ने अभ्यासलाई प्राथमिकता दिन प्रेरित गर्नुपर्ने बताउनुभयो उहाँले त्यही भावका साथ आफ्ना विद्यार्थीहरुले आजको उत्सव मनाएको बताउनुभयो  रासस   

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update