प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन
- कार्की प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित ।
- वाग्ले र डा सुब्बा निर्वाचन आयुक्तमा अनुमोदित ।
- अब राष्ट्रपतिबाट नियुक्ति हुने ।
रे समाचार/काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
सिंहदरबारस्थित समितिको आज बसेको बैठकले तीनै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डा. सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
