राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच सुनसरी घटनाबारे छलफल
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति रवि लामिछानेको शिष्टाचार भेट ।
- समसामयिक राजनीतिक अवस्था र सुनसरी घटनाबारे छलफल ।
- सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई जानकारी गराइयो ।
रे समाचार/काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक तथा पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउनुका साथै सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकबारे पनि अवगत गराउनुभएको थियो ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय चासोका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
