RayNewsDaily
सत्ता केन्द्रित हुनु कम्युनिस्टको भूल : प्रचण्ड
  • सत्ता केन्द्रित हुँदा रणनीति कमजोर भएको प्रचण्डको टिप्पणी ।
  • विरोधीले कम्युनिस्टविरुद्ध २० वर्षे योजना बनाएको दाबी ।
  • वैचारिक स्कुलिङ कमजोर हुनु आन्दोलनको भूल भएको भनाइ ।

रे समाचार/काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट शक्तिहरू सत्ता र सरकार सञ्चालनमै केन्द्रित हुँदा विरोधी शक्तिहरूले दीर्घकालीन रणनीति बनाउन सफल भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै उहाँले कम्युनिस्ट आन्दोलनले विचार, वैचारिक प्रशिक्षण र दीर्घकालीन रणनीतिलाई कमजोर बनाउँदा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।

प्रचण्डले नेपाल र नेपाली जनताका विरोधी शक्तिहरूले ‘नेपालमा कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने’ उद्देश्यसहित २० वर्षे योजना बनाएर अघि बढेको दाबी गर्नुभयो । त्यस्तो तयारी भइरहेको संकेत पहिले पनि पाइए पनि एकैपटक देशलाई गम्भीर असर पर्ने गरी गतिविधि होला भन्ने अनुमान आफूहरूले नगरेको उहाँको भनाइ थियो ।

उहाँले शान्ति सम्झौतापछि कम्युनिस्ट शक्तिहरू सरकार गठन, प्रधानमन्त्री, मन्त्री तथा प्रदेश र स्थानीय तहको सत्ता राजनीतिमै अल्झिँदा वैचारिक अभियान र संगठन सुदृढीकरण ओझेलमा परेको बताउनुभयो । यही कारण रणनीतिक सोच कमजोर बनेको र कम्युनिस्ट आन्दोलनले त्यसको मूल्य चुकाउनुपरेको उहाँको निष्कर्ष थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update