नेकपाका संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२ देखि आगामी साउन २ गतेसम्म हुने एसियाली संवादमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रचण्डका साथमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल सहभागी हुनुहुन्छ ।
श्रीलङ्कामा रहँदा संयोजक प्रचण्डले त्यहँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलङ्काका महासचिलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, असार ३१, २०८३ १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
