RayNewsDaily
गोविन्द कार्की नयाँ मुख्यसचिव नियुक्त    
नव नियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्की । फाइल फोटो ।

काठमाडौँ । सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।     
     
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।     
     
मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । रासस

cabinet-meeting-1783509777.jpgआज बसेको मन्त्रिपरिषद् बैठक ।
 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update