RayNewsDaily
राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट    

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गर्नुभएको छ ।     
     
त्यस अवसरमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update