RayNewsDaily
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित    

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।     
     
सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राख्नुभएको संशोधन फिर्ता लिनुभयो । सांसदहरू गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राख्नुभएको संशोधन बहुमतले अस्वीकृत गरेको थियो ।     
     
प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल जारी छ । रासस

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update