RayNewsDaily
एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । 

सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो । 

पौडेललाई आजै काठमाण्डू पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आउनुभएको जनाइएको छ । 

पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका-९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका-२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ । उहाँलाई प्रहरी उपरीक्षक पोखरेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update