RayNewsDaily
अधिकमास समाप्त

काठमाण्डू । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई  हिन्दु पात्रोमा चन्द्र वर्ष र सौर वर्षबिचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ ।

अधिक मासमा  विवाह, व्रतबन्ध तथा गृह प्रवेशजस्ता शुभ कार्य नगरे पनि जप, तप, दान, पूजा–आराधना, धार्मिक ग्रन्थको अध्ययन तथा सत्कर्म गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 

काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम भेगमा अवस्थित मन्दिरमा लाखौँले पूजा आराधना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । महिनाभर त्यहाँ भगवान् नारायणको पूजा र पुरुषोत्तममास महात्म्य वाचन एवं श्रवण भएको थियो । विसं।२०८० साउनमा अधिकमास परेको थियो । रासस

प्रकाशित मिति: सोमबार, असार १, २०८३  २०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update