RayNewsDaily
राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित    

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो ।     
     
यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस राख्नुभएको थियो ।     
     
राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्नेछ । रासस

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update