RayNewsDaily
नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर   

काठमाण्डू । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित हुनुभएको छ । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।    
    
महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिनुभएको छ ।    
    
 समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । साथै उपाध्यक्ष महिलामा सीता रानामगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आलेमगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढुटमा हर्क आलेमगर, मगर खाममा जीवन प्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित हुनुभएको छ ।    
    
 महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित हुनुभएको छ । सचिवमा विष्णुबहादुर रानामगर, सचिव झविन्द्र पुनमगर र तारामाया थापा मगर निर्वाचित हुनुभएको जनाइएको छ ।    
    
 साथै कोषाध्यक्षमा पूर्ण राना मगर र सह-कोषाध्यक्षमा गायत्री मगर, लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।    
    
 राससका अनुसार सदस्यहरुमा श्याम राना मगर, जुनु पुनमगर, गिरमान गाहा मगर, रमेश पुनमगर, इन्द्र सारू मगर, रमेश थापामगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर लगायत निर्वाचित हुनुभएको छ । 

१) अध्यक्ष :- श्री रक्षा रैकामगर

२) वरिष्ठ उपाध्यक्ष्य :- श्री टेक नामजाली मगर (निर्विरोध)

३) उपाध्यक्ष :- (खुल्ला) श्री Kabiraj Magar

४) उपाध्यक्ष :- (खुल्ला) श्री तेज बहादुर आलेमगर Prabhat Ale

५) उपाध्यक्ष :- (महिला) श्री सीता राना मगर

६) उपाध्यक्ष :- (सांस्कृतिक) श्री दीपसागर मगर Dipsagar Thapa Magar

७) उपाध्यक्ष :- (मगर ढूट) श्री हर्क आले मगर

८) उपाध्यक्ष :- (मगर खाम) श्री जीबन प्रवेश मगर Jiban Roka Magar

९) उपाध्यक्ष :- (मगर काइके) श्री भीम रोकाय मगर (निर्विरोध) Bhim Rokaya

१० महासचिव :- Homraj Khapangi

११. उपमहासचिव :- (महिला) श्री मन्जु थापा मगर Manju Thapa Magar

१२. उपमहासचिव :- श्री शिद्धान्त जर्गा मगर Siddhanta Garja Magar

१३. उपमहासचिव :- श्री खगेन्द्र पून मगर Khagendra Pun Magar

१४. उपमहासचिव :- श्री हिरू सरा राना मगर Hiru Rana

१५. सचिव :- श्री बिष्णु बहादुर राना Bishnu Rana Magar

१६. साचिब :- श्री झबिन्द्र पुन मगर Jhabindra Punmagar Hise Dorje

१७. साचिब :- श्री तारा माया थापा Tara Thapa Magar

१८. कोषाध्यक्ष:- श्री पूर्ण राना मगर

१९. सह-कोषाध्यक्ष :- श्री गायत्री मगर

२०. लेखा संयोजक :- श्री योबन कुमार राना मगर Youvan Kumar Rana

२१. निर्वाचन समिति संयोजक:- श्री धरम घर्ती मगर

खुल्ला सदस्यहरु ११ जना

श्री जुनु पून मगर Junu Pun Magar

श्री गिर ब थापा मगर

श्री रमेश पुन मगर

श्री इन्द्र सारू मगर

श्री रमेश बहादुर थापा मगर

श्री महेश राना मगर

श्री तारा रैका मगर

श्री लक्ष्मी थापा मगर

श्री ईन्द्र बहादुर पुलामीमगर

श्री सुमित्रा बुढामगर Sumitra Budha

श्री बेलीमाया थापारखाली मगर

भातृ संस्थाबाट निर्विरोध निर्वाचित सदस्यहरु

Shyam Rana Magar (लेखक संघ)

कुशल बुढा मगर (खेलकुद संघ)

Tripana Budha Magar (महिला संघ)

सुदूरपश्चिम प्रदेशबाट निर्विरोध निर्वाचित

कमल बहादुर पुनमगर (कैलाली) Kamal Pun

सुनलाल थापामगर (डोटी) Sunlal Thapa

गोरीकला रोकामगर (अछाम) कमरेड गौरी मगर

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update