RayNewsDaily
बेलायती मन्त्री मल्होत्रा नेपालमा    

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आउनुभएको छ ।     
     
उहाँ द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आउनुभएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।     
     
उहाँले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिबिआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) संस्थाका पदाधिकारीसँग भेटघाट गर्नुभएको दूतावासले जनाएको छ । बिबिआईले नेपाललाई लगानी गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update