RayNewsDaily
प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मा अनुमोदित

रे समाचार/काठमाडौँ । विपक्षी दलले थप अध्यन र अनुसन्धान हुनुपर्ने माग गरे पनि संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नाम आजै अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम अनुमोदन गरेको थियो । शर्मा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट शपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानुहुने छ ।  प्रधानन्यायाधीशको रुपमा शर्माले पूरा अवधि अर्थात् ६ वर्ष  नै काम गर्नुहुनेछ । 

२०७६ वैशाख ६ मा सर्वोच्च अदालत प्रवेश गर्नुभएका शर्माको जन्म २०२७ असार ४ गते पर्साको वीगञ्जमा भएको हो । शर्माले नेपाल ल क्याम्पस, काठमाडौँबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएको छ । उहाँले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गर्नुभएको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update