राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उहाँहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३ १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
