RayNewsDaily
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

महेन्द्रनगर (धनुषा) । जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि यहाँ हजारौँ हिन्दू धर्मावलम्बीहरू पूजाआराधना, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्थानमा सहभागी जनाएका थिए ।

त्यस अवसरमा जानकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गर्नुभयो । शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्थालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।

यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो।

आजै दिउँसो १२ः०० बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गर्नुभएको थियो । आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सहमहन्त वैष्णवले जानकारी दिनुभयो ।  रासस

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update