RayNewsDaily
भोटोजात्रा मनाउन बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा       

काठमाडौं । सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।    
    
गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।    
    
ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update