BREAKING NEWS: एमालेको अध्यक्षमा केपी ओली भारी मतअन्तरले विजयी
रे समाचार/काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।
ली लगातार तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गर्नुभएको छ । आयोगका अनुसार ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्ष बाहेक अन्य पदमा पनि ओली प्यानल नै अगाडि रहेको बताइएको छ । मतगणनाको औपचारिक घोषणा भने केहीबेरमा गरिने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १३:२४
प्रतिक्रिया दिनुहोस्
