RayNewsDaily
सुन तोलाको दुई लाख ६० हजार नाघ्यो

रे समाचार/काठमाडौं । सुनको मूल्य आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भइरहेको सुन आज प्रतितोला १ हजार ९ सय रुपियाँले वृद्धि भई दुई लाख ६० हजार सात सय पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । 

चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । आइतबारको तुलनामा ४५ रुपियाँले बढेर प्रतितोला चाँदीको मूल्य तीन हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । आइतबार एक तोला चाँदी तीन हजार ८ सय २५ रुपियाँमा बिक्री भएको थियो ।

पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ । यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको हो । व्यवसायीहरुका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय परिदृश्य हेर्दा अझै बढ्नसक्छ ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update