पोखरामा बन्यो भैरव मन्दिर
गण्डकी । काठमाण्डू उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ ।
यही कात्तिक २६ गते मन्दिरमा कालभैरवको प्रस्तर प्रतिमा तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिने भैरव सांस्कृतिक संरक्षण समितिले जनाएको छ ।
समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै काठमाण्डू उपत्यकाका सांस्कृतिक परम्परा गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठानलाई यो समुदायले निरन्तरता दिँदै आएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
