RayNewsDaily
नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना        

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेका छन् ।     
     
घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजाआराधना गरिएको हो । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाका नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराण आदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।     
     
हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update