RayNewsDaily
प्रधानमन्त्री ओलीद्वारा राजीनामा

रे समाचार/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ । 

542382628_1922252058631015_8497641736399554609_n_Y1goMz6y6X-1757408333.jpg
‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीको पत्रमा भनिएको छ । जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेसँगै ओली राजीनामा दिन बाध्य हुनुभएको हो । 

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गर्नुभएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update