RayNewsDaily
सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै शव प्राप्त     

काठमाडौं ।  आज बिहानदेखि बेपत्ता भइरहेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । घटनास्थलमा हेलिकोप्टरमा सवार सबै ६ जनाकै शव प्राप्त भएको छ । हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाउनु भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए । उहाँका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।    
    
सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । 

Heli acci_IMG-20230711-WA0008 (1).jpg cccccccc1689073637.jpg   
 लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।    
    
सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९एनए-एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update