राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता   
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।     
    
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।     
    
सो अवसरमा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।   
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:५०
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                                             
                                            -1761714150.jpeg)