RayNewsDaily
भूकम्पका कारण २० घर भत्किए   
धादिङको ज्वालामुखी गाउँपालिका–५ खरीमा आतबार बिहान गएको भुकम्पले क्षति पुगेको घर । खरीलाई केन्द्रबिन्दु बनाएर बिहान ७ः३० बजे ६.१ म्याग्नेच्युटको भुकम्प गएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार छ वटा घर र

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।    
    
पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो ।    
    
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update