RayNewsDaily
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जनाएको थियो । त्यसका कारण देशभरका विमानस्थलबाट हुने उडान प्रभावित हुँदा ठूलो संख्यामा उडान ढिला तथा रद्द भएका थिए ।
  • हवाई उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या
  • देशभर एक हजारभन्दा बढी उडान रद्द
  • हजारौँ यात्रु प्रभावित, सेवा सामान्य अवस्थामा फर्किएको दाबी

लन्डन  । बेलायतको हवाई यातायात सेवामा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन् ।

बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जनाएको थियो । त्यसका कारण देशभरका विमानस्थलबाट हुने उडान प्रभावित हुँदा ठूलो संख्यामा उडान ढिला तथा रद्द भएका थिए ।

प्राविधिक समस्याको प्रभाव लन्डनको हिथ्रो, एडिनबर्ग र म्यानचेस्टरलगायत प्रमुख विमानस्थलमा समेत परेको थियो । स्थानीय सञ्चारमाध्यमले उडान अनुगमनसम्बन्धी तथ्यांक विश्लेषण गर्दै मंगलबार रातिसम्म एक हजारभन्दा बढी उडान रद्द भएको जनाएका छन् ।

ukko-udan-1788940833.jpg
राष्ट्रिय हवाई यातायात सेवा संस्थाले समस्या समाधान गर्न आवश्यक सुधार लागू गरिएको र प्रणाली पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको जनाएको छ । यद्यपि, प्रभावित उडानको चाप व्यवस्थापन गर्न अपेक्षाभन्दा बढी समय लागेको संस्थाले बताएको छ ।

रद्द तथा ढिला भएका उडानका कारण सिर्जना भएको बाँकी चाप हटाउन अधिकतम प्रयास भइरहेको संस्थाले जनाएको छ ।

प्राविधिक समस्याका कारण हजारौँ यात्रु प्रभावित भएका छन् भने विमानस्थलमा यात्रुको भीड र उडान पुनःतालिकीकरणको चाप बढेको छ । सिन्ह्वा

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update